स्वर्गीय ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं, ३ मङ्सिर । स्वर्गीय पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिनुभएकाे छ ।

ज्ञानेश्वरस्थित सानो गौचरणमा अन्तिम बिदाईका लागि राखिएको छ ढुङ्गानाको पार्थिव शरीरमा
श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुग्नुभएका छन् ।

पूर्वसभामुख ढुंगानाको उपचारकाक्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

सरकारले ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ । साथै राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।