बागमतीसहित केही प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागमा हिमपात

काठमाडाैं, ७ मङ्सिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीको प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले शुक्रबार बिहान जारी गरेको सूचनामा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोसी, बागमती, गण्डकी र कर्णाली गरी चारवटा प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

त्यसैगरी, आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ

आगामी २४ घण्टामा कोशी,बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।