किर्तिपूरको वडा नं. १ मा नेपाली कांग्रेसको इच्छा कुमार महर्जन, निर्वाचित मेयरमा कांग्रेसको अग्रता, स्वतन्त्रका राजमान दोस्रो
काठमाडौं, १७ मङ्सिर । कीर्तिपुर नगरपालिका वडा नं.१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनले ५ सय ६२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ सय ६४ मतसहित अग्रता लिएका हुन् । दोस्रोमा भने स्वतन्त्र उम्मेदवार राजमान मानन्धरले ३ सय ५५ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जन तेस्रो स्थानमा छन् । उनले ३ सय ३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर चौथो स्थानमा छन् । उनले ३ सय २७ मत प्राप्त गरेका छन् ।
विहान २ बजेसम्मको मतगणना अनुसार १ हजार ७ सय २८ मतगणना भएको जानकारी प्राप्त भएको छ।