वैदेशिक रोजगारीको प्रलोभनमा एक करोडभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं,१५ माघ । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का विकास दवाडी, गोरखा शहीद लखन गाउँपालिका-७ का सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेल रहेका छन्।

उनीहरूलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट ३ लाख, विकले अमेरिका पठाइदिने बहानामा ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै १ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए।

पक्राउ परेकामध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ भने विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *