अघिल्लो सरकारको दायित्व भुक्तानी गरिसक्यौं, अब निर्माण व्यवसायीको बिल रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं, २० माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व वर्तमान सरकारले तिरिसकेको बताउनुभएकाे छ ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अब निर्माण व्यवसायीको कानुन बमोजिमको बिल भुक्तानी नरोकिने स्पष्ट पार्नुभएकाे हाे ।

अर्थमन्त्री पौडेलले भन्नुभयाे, “केही समय हामीलाई अप्ठेरो भएको थियो, तर अब कानुनसम्मत तरिकाले दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको छ। अघिल्लो वर्षको भुक्तानी सकेर हामी अघि बढेका छौँ। अब बिल पेश गरेपछि भ्याट बुझाउनुपर्छ, तर भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुँदैन।” उहाँले सरकारले गत वर्षको दायित्व समेत भुक्तानी गरेर निर्माण व्यवसायीले दाबी गरेको भुक्तानी दिने अवस्था सिर्जना गरेको बताउनुभयाे ।

उपप्रधानमन्त्री पौडेलले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र लगानीको वातावरण सहज बनाउन सरकारले आर्थिक अध्यादेशमार्फत कानुनहरूमा संशोधन गरेको जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *