आयुसंस्कार परित्याग दिवसकाे उपलक्ष्यमा भब्य शाेभायात्रा, दशहजार भन्दा बढी सहभागी हुने
काठमाडाैं, २८ माघ । भगवान् गौतम बुद्धको आयुसंस्कार परित्याग दिवस भब्यताकासाथ मनाइने भएकाे छ ।
श्रीखण्ड तरुमूल महाविहारले २०८१ माघ ३० गते वृहद शोभायात्रा गर्दै भगवान् गौतम बुद्धको आयुसंस्कार परित्याग दिवस मनाइने भएकाे हाे । महाविहारले परित्याग दिवसकाे उपलक्ष्यमा भब्य शाेभायात्रा गर्दै दशहजार भन्दा बढी सहभागी हुने संयोजक दिल्लीरत्न शाक्यले बताउनुभएकाे छ ।
यस्ताे छ प्रेस विज्ञप्ति
जगत गुरु सर्वाथसिद्ध गौतम बुद्धको जन्म आज भन्दा २५०० वर्ष अघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा भएको थियो भन्ने सबैलाई जानकारी भएकै सन्र्दभ हो । उहाँले २९ वर्षको उमेरमा महाभिनिष्क्रामण (गृहत्याग) गर्नुभएको थियो भने ३५ वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा सम्बोधिलाभ गर्नुभएको थियो ।
गौतम बुद्ध ४५ वर्षसम्म सुखपूर्वक जीवनयापन गरी सारा संसारलाई दुःखबाट मुक्त हुने ज्ञान प्रवाह गरेर ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन महापरिनिर्वाण हुनुभएको थियो । उहाँले आफुले निर्वाण प्राप्त गर्नु भन्दा ३ महिना अघि नै माघपूर्णिमा (सिल्लापुन्हि) का दिन आफ्नो बैशाख पूर्णिमाका दिन महापरिनिर्वाण लिने कुरा बताउनु भएको थियो । भगवान बुद्धले आफ्नो महापरिनिर्वाण (मृत्यु हुने)को दिन घोषणा गरेको दिनलाई समस्त बौद्ध जगतले आयुसंस्कारपरित्यागको दिन मानी उत्सवको रुपमा मनाउँदै आएको छ ।
श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले पनि माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस मनाउँदै आएको छ ।
यहि सन्र्दभमा श्रीखण्ड तरुमूल महाविहारले २०८१ मघ ३० गते वृहद शोभायात्रा गर्दै छ । अघिल्लो वर्ष पनि आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराइएको स्मरण गराउँन चाहन्छौँ । प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
यो वर्ष पनि शोभायात्रा काठमाडौंको वसन्तपुर, काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, व्रम्हटोल, ह्यूमत पुगेर फेरी कोहिति, भिमशेनस्थान, मरुटोल, प्याफल, यत्खा, नरदेवी, त्यंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरमा पुगेर सामपन गर्ने कार्यक्रम रहेको छ ।
शोभायात्रामा काठमाडौंका विभिन्न वौद्ध विहारका बज्राचार्य, शाक्य गूरूहरू तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायका हजारौँको संख्यामा सहभागिता रहने छ ।
शोभायात्रापछि वसन्तपुर डबलीमा विशेष वौद्ध सभाको आयोजना गरिने छ ।
१२ सय ५० भन्दा बढी अर्हत् भिक्षुहरु एकत्रित भएको, एकत्रित सबै भिक्षुहरुको बुद्धवाक्यद्वारा उपसम्पदा हुनु, एकत्रित सबै भिक्षुहरुको पूर्वसूचना विना समागन हुनु, एकत्रित भिक्षुहरुलाई भगवान बुद्धद्वारा ओवाद प्रतिमोक्ष उपदेश प्रदान गर्नु जस्ता सुयोगले पनि यो दिनलाई धुमधामसँग मनाउने गरिन्छ ।