गोरखाको धार्चेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७७४ जना लाभान्वित

गोरखा,२१ फागुन । गोरखा जिल्लाको धार्चे गाउँपालिका–२, केरौजामा मंगलबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा ७७४ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

ग्रीन सिटी हस्पिटल, काठमाडौँको प्राविधिक सहयोग र मुटु फाउन्डेसनको आयोजनामा शिविर सञ्चालन भएको हो। शिविरमा स्त्री तथा प्रसूति सेवा १७७ जनाले, नाक, कान र घाँटीको जाँच ३३४ जनाले, युएसजी सेवा १५६ जनाले र इसिजी सेवा ७२ जनाले लिएका थिए।

मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङका अनुसार, शिविरमा ११७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको ‘भिआइए’ जाँच गरिएको थियो। पाठेघर खस्ने समस्या भएका १० जना महिलालाई ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यो शिविरबाट स्थानीयहरू लाभान्वित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *