एमालेले गर्याे चैत ४ गते सचिवालय बैठक आह्वान

काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो।
सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तु लगायतका विषयमा छलफल हुनेछ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।