बसन्त महर्जनलाई धर्मादित्य धर्माचार्य सिरपाः

ललितपुर, २८ बैशाख । प्रथम मातृभाषाका पत्रकार धर्मादित्य धर्माचार्यको १२३ औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू यलले पत्रकार बसन्त महर्जनलाई ‘धर्मादित्य धर्माचार्य सिरपाः’ प्रदान गरेको छ ।

बुद्धधर्म र मातृभाषा पत्रकारितामा एकैसाथ विकास गर्नुहुने धर्मादित्य धर्माचार्यको योगदानको कदर स्वरुप नेवाः पत्रकार राष्ट्रिय दबू यलले बिगत चार वर्षदेखि ‘धर्मादित्य धर्माचार्य सिरपाः’ प्रदान गर्दै आएको छ । सांसद प्रेम बहादुर महर्जनले आइतबार बसन्त महर्जनलाई नगदसहित सम्मान गर्नुभयो । सांसद महर्जनले पत्रकारिताको माध्यमबाट बुद्ध धर्मका साथै नेपालभाषाको उत्थान गर्ने व्यक्तिलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताउनभुयो ।

धर्मादित्य धर्माचार्यको जन्जयन्तीको अवसरमा सम्मान कार्यक्रमअघि प्रभातफेरी कर्यक्रमको आयोजना गरिएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत नेपालभाषाका अग्रजहरुले उहाँको पुल्चोकस्थित प्रतिमामा माल्र्यापण गरी सुरु भएको प्रभातफेरी कार्यक्रम यशोधर महाबिहार बूबहालमा सम्पन्न भएको थियो ।