तामाङ नेपाली महिला फुटबल टिमका सहायक प्रशिक्षक

काठमाडौँ, २७ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मङगलबार राजेन्द्र तामाङलाई नेपाली राष्ट्रिय महिला  फुटबल टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एन्फाका महासचिव किरण राइले तामाङलाई नियुक्त पत्र हस्तान्तरण गरे । यसअघि तामाङ नेपालको महिला फुटबल टिमका प्रमुख प्रशिक्षक थिए । तामाङको प्रशिक्षणमा नेपाल वाफ महिला च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र फोर नेसन्स कपको उपविजेता बनेको थियो । प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएपछि तामाङ सहायक प्रशिक्षक बनेका हुन् ।

एन्फाले भगवती थापालाई सहायक प्रशिक्षक, सुरजकुमार लामालाई गोलकिपिङ प्रशिक्षक र विन्द्रा देवानलाई व्यवस्थापकमा कायम गरेको छ । यसैगरी एन्फाले अलिशा राईलाई डाक्टर, शिला गिरीलाई फिजियोथेरापिस्ट र विकास गुरुङलाई किट व्यवस्थापकमा नियुक्त गरेको छ ।