देशभर बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २९ जेठ । देशका अधिकांश भागमा बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले बताएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
राति पनि पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।