प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
काठमाडौं, २ असार । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले अहिले प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गरिरहनुभएकाे छ।
प्रमुख विपक्षी माओवादी सदन खुलाउन सहमत भए पनि रास्वपा, राप्रपाले अवरोध गरिरहेकाले सभामुखले सहमतिको खोजी गरेका हुन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।
सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग छलफल गरेका थिए ।