रोहितसहित छ क्रिकेटर लुम्बिनमा कायम

काठमाडौँ, ११ असार । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि छ खेलाडीलाई रिटेन गरेको छ ।

लुम्बिनी बुधवार विज्ञप्ति प्रकासित गरेर मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिसेष गौतमलाई टिममा कायम राखेको जानकारी दिएको हो ।

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश आग्री र आरिफ खानलाई भने रिलिज गरेको छ ।