एसईईमा अवर्गीकृत विद्यार्थीको मौका परीक्षा साउन २९ गतेदेखि

काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘नन-ग्रेड’ (अवर्गीकृत) नतिजा प्राप्त गरेका विद्यार्थीहरूका लागि मौका परीक्षाको मिति तय गरेको छ।

बोर्डका अनुसार त्यस्ता विद्यार्थीले आगामी साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउनेछन्।
बोर्डले शुक्रबार २०८१ सालको एसईईको नतिजा सार्वजनिक गर्ने क्रममा नै मौका परीक्षाबारे जानकारी दिएको हो।

यस वर्ष सार्वजनिक भएको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका छन्। ‘नन-ग्रेडेड’ (अवर्गीकृत) समूहमा परेका विद्यार्थीहरूले ग्रेड वृद्धि गर्नका लागि यो मौका परीक्षामा सहभागी हुन पाउनेछन्।