प्रधानमन्त्रीबाट रियल मेड्रिडको रंगशाला भ्रमण

मेड्रिड (स्पेन), १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो ।