काठमाडौँ महानगरको २५.७६ अर्बको बजेट: पूर्वाधार, फोहोर र सम्पदा संरक्षण प्राथमिकतामा (पूर्णपाठ)

काठमाडौँ, २९ असार। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार को बजेट प्रस्तुत गरेको छ।
उपप्रमुख सुनिता डंगोलले नगर सभामा प्रस्तुत गर्नुभएको बजेटमा सहरी पूर्वाधार, फोहोरमैला व्यवस्थापन, शिक्षा र सम्पदा संरक्षणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
उपप्रमुख डंगोलले नगर सभाको १७ औँ अधिवेशनमा प्रस्तुत गर्नुभएको बजेटमा, रु. २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार सञ्चित कोषबाट र रु. ६५ करोड अन्य बाह्य स्रोतबाट व्ययभार हुने गरी कुल बजेट अनुमान गरिएको छ।
पूर्णपाठ यस्ताे छ ।