गण्डकी र लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ५ साउन । देशभर मनसुनी वायुको प्रभावले मौसममा बदली आएको छ। मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ सर्दा आज देशभर पानी पर्ने सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमित स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। देशका अन्य पहाडी भू–भागका केही र बाँकी तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यसैगरी, रात्रिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। राति विशेषगरी गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भारी वर्षा हुने क्षेत्रमा नदीको बहाव बढ्न सक्ने र यातायातमा समेत असर पर्न सक्ने भएकाले सचेत रहन सुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *