प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक कार्यसूचीमा
काठमाडौँ, २९ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकका लागि दुईवटा विधेयकलाई मुख्य कार्यसूची बनाइएको छ । पहिलो, सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई निर्णयका लागि सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानी जहाजसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि सूचना प्रविधि विधेयकमाथिको प्रक्रिया रोकिएको थियो ।