अदालतको आदेशबिनै हचुवाका भरमा आन्दाेलनकारीसंग निस्किएका रवि लामिछाने फर्किए कारागार

काठमाडौं, २८ भदौ । अदालतको आदेशबिनै हचुवाका भरमा आन्दाेलनकारीसंग जेलबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरी कारागार फर्किएका छन् ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनकाे माैका पारेर आफ्नै कार्यकर्ताकाे दलबलमा अदालतको आदेशबिनै हतार हतार निस्किएका थिए ।

अदालतको आदेशबिनै आफ्नै कार्यकर्ताकाे दलबलमा निस्किएपछि देशैभरका कैदीबन्दीहरू धमाधम निस्किएपछि आलोचना भएको थियो भने देशभरीनै कैदीबन्दीहरू यत्रतत्र छरिएर निस्किएपछि सुरक्षाकाे निम्ती जनतालाइ चुनाैती थपिएकाे थियाे ।

शनिबार लामिछानेले नख्खु कारागार फर्कि सकेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको भन्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित नक्कली रिहाइ पत्र सार्वजनिक गरेका थिए ।

तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भएकाे भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।