श्रीलङकाविरुद्ध खेल्न नेपाल तयार

काठमाडौँ, २९ भदौ । श्रीलङ्कामा सोमबार सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालले उद्घाटन दिन नै घरेलु टिमविरुद्ध खेल्दैछ ।

नेपाली यु१७ का प्रशिक्षक सञ्जीत सिंहले प्रि म्याच पत्रकार सम्मेलनमा नेपाल उच्च मनोबलसहित यस प्रतियोगतामा खेल्न आएको बताएका छन् । हामी तयार छौ । नेपालमा करीब तीन हप्ताको प्रशिक्षणपछि यहाँ आएका छौँ । सो प्रशक्षणमा खेलाडीरुले निकै मिहिनेत गरेका छन् । त्यसैले नेपालले यस प्रतियोगतामा राम्रो छाप छोड्नेछ । भोेलि घरेलु टमलाई हराएर सेमिफाइनलका यात्रा सहज बनाउने छौँ ।

नेपालको लक्ष्य यसपटक सेमिफाइनलभन्दा अगाडि बढ्ने नै छ । पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो । त्यसपछि भारतले फाइनलमा बङगलादेशलाई २–० ले हराएर उपाध जितेको थियो । यस प्रतियोगतामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।

प्रशिक्षक सिहले भारत र बङगलादेशलाई यस प्रतियोगताका सशक्त टिम मानेका छन् । यद्यपि नेपाल पनि उपाधि दावेदारभएको उनको भनाइ छ ।

यसैगरी कप्तान प्रशान्त मोक्तानले प्रशिक्षकको रणनीतिअनुसार खेलेर उपाधि जित्न प्रयास गर्नेछौआफ्ना भने ।

यस उमेर समूहमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । यद्यपि नेपालले चार संस्करणमा उपवजेता रहेको छ । सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो ।