अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३० भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

जेनजी आन्दोलनले ल्याएकाे परिवर्तनसंगै बनेकाे कार्की नेतृत्वकाे अन्तरिम सरकारकाे पहिलाे बैठक सिंहदबारमा सुरु भएको हो।

कार्की नेतृत्वको सरकारमा तीन मन्त्रीले आज शपथ लिएर पदभार ग्रहण गरेका थिए। कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन्।

अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *