सभामुख घिमिरेले भने : संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो
काठमाडौँ, २ असाेज । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते नयाँ वानेश्वरमा रहेको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।
सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेकाे सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको उहाँकाे भनाइ छ ।