एमालेले च्यासलमा संविधान दिवस विशेष कार्यक्रम गरेर मनाइँदै, बाक्लो संख्यामा प्रहरी परिचालन

काठमाडौं, ३ असोज । नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा संविधान दिवस विशेष कार्यक्रम आयोजना गरी मनाउँने तयारी गरेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जम्मा भएर त्यहीँ कार्यक्रम मनाउने तयारी गरिएको हाे । पार्टी कार्यालयमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।
पार्टी कार्यालयमा नेता कार्यकर्ताहरू उपस्थित भएर संविधानको उपलब्धिको चर्चा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अपिल गर्ने एमालेले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक निजी सम्पत्तिमाथि क्षति तथा संलग्नलाई कारबाहीको लागि यथाशीघ्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन तोकिएकै समयमा निर्वाचन गराउन ध्यानाकर्षण सहित जनतामा आव्हान गरिने उनले बताए ।