देउवा थप उपचारका लागि सिंगापुर जाने
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जानुहुने भएका छन् ।
भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते हुनुभएका देउवा दम्पती उपचारका लागि सिंगापुर जान लाग्नुभएकाे हाे ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवा थप उपचारका लागि सिंगापुर जान लाग्नुभएकाे हाे । महतले भन्नुभयाे, “उपचारका लागि उहाँ सिंगापुर जाने तयारीमा हुनुहुन्छ । केही दिनभित्रै जानुहुन्छ,”
आन्दोलनका क्रममा भएको आक्रमणबाट देउवाको गर्धनमा चोट लाग्दा १२ टाँका लगाइएको थियो ।