बागमती प्रदेशमा वन सेवाका १४ उपसचिवको सरुवा
मकवानपुर, १६ कात्तिक । बागमती प्रदेश सरकारले वन सेवातर्फका १४ जना उपसचिवको सरुवा गरेको छ। प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत यी उपसचिवस्तरीय कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दशौं र नवौं तह (उपसचिव) का अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ।
सरुवा सूचीअनुसार:
डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौंडामा सरुवा गरिएको छ।
डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौंडामा पठाइएको छ।
डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवनको जिम्मेवारी दिइएको छ।
विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर) मा सरुवा गरिएको छ।
रोशना पोखरेललाई डिभिजन वन कार्यालय नुवाकोटबाट डिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी दिइएको छ। डिभिजन वन कार्यालय दोलखामा कार्यरत कृष्णराज न्यौपानेलाई डिभिजन वन कार्यालय मरिण सिन्धुली पठाइएको छ।
प्रदीपनाथ शर्मालाई डिभिजन वन कार्यालय नुवाकोटमा सरुवा गरिएको छ। श्रद्धा सिग्देललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर) बाट डिभिजन वन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ।
मन्त्रालयमा कार्यरत अनिल रेग्मीलाई डिभिजन वन कार्यालय दोलखामा पठाइएको छ।
मोहन के.सी. लाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर) बाट मन्त्रालयमा ल्याइएको छ।
भू तथा जलाधार व्यवस्थापनतर्फ:
भू तथा जलाधार व्यवस्थापन कार्यालय धादिङमा कार्यरत प्रदीप नारायण श्रेष्ठलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकमा सरुवा गरिएको छ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा कार्यरत सञ्जीव सुवेदीलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुरमा पठाइएको छ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखामा कार्यरत महेश पौडेललाई भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा सरुवा गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेकी डिभिजन वन अधिकृत विमला लम्साललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीमा पठाइएको छ।