दाङको लमहीमा दिनदहाडै सुन पसलमा गोली प्रहार, पसल सञ्चालक घाइते
दाङ, मंसिर २० । दाङको लमही बजारस्थित एक सुनचाँदी पसलमा आज दिनको समयमा अज्ञात समूहले गोली प्रहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्। घटनामा पसल सञ्चालक सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार आक्रमणकारीहरूले सुन पसल लुट्ने उद्देश्यले गोली प्रहार गरेको हुनसक्ने देखिएको छ। गोली प्रहार गर्ने व्यक्तिहरू घटनापछि फरार रहेका प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा लिई घाइतेको उपचारका लागि अस्पताल पठाइएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
आक्रमणकारीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।