पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो।

प्रवक्ता आचार्यका अनुसार, महरले एक जना पीडितबाट पोर्चुगल पठाइदिने भन्दै रु दुई लाख लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरिएको हो।

पक्राउ परेका महरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *