एमालेकाे ११ औँ महाधिवेशन : मतगणना सुरु, ३ घण्टाभित्र परिणाम आउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा आज बिहान १० बजेदेखि मतगणना थालिएको हो ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मतगणना सुरु भएको तीन घण्टाभित्रै मतपरिणाम सार्वजनिक हुनेछ ।
आज बिहान ७ बजे सम्पन्न मतदान प्रक्रियामा कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले सहभागिता जनाएका थिए ।