सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

तनहुँ, २४ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ‘पावर हाउस’ नजिकै सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

सडकमाथिबाट एक्कासि सुक्खा पहिरो खसेपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सडक अवरुद्ध भएसँगै सो मार्ग भएर यात्रा गर्ने दर्जनौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले अवरुद्ध सडक खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार, अहिले सुरक्षाकर्मी र उपकरणको सहायताले पहिरो पन्छाएर राजमार्ग चाँडोभन्दा चाँडो सुचारु गराउने प्रयास निरन्तर जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *