देशका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ, ५ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।

बाढीविद् विनोद पराजुलीले निरन्तरको वर्षाका कारण ती जिल्लाका नदी तथा खोलाहरूमा जलसतह अचानक बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र र डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *