एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेलामा अनुशासन कमजोर देखिनु हुन्न- अध्यक्ष ओली

 

काठमाडौं, ३ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तामा अनुशासन कमजोर देखिन नहुने बताउनुभएकाे छ ।

राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले भेलाको गरिमा र मर्यादा कायम राख्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेलामा सहभागी सबैले अनुशासन पालना गर्नुपर्ने बताउनुभयो ।

भेलाको पहिलो दिन उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू बीचमै हलबाट बाहिरिने र अनधिकृत व्यक्तिसमेत प्रवेश गर्ने गरेको पाइएपछि अध्यक्ष ओलीले दोस्रो दिन सहभागी तथा स्वयंसेवकलाई अनुशासन पालनामा कडाइ गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भेलालाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै बीचमै हल छाडेर जाने प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभयो ।

अध्यक्ष ओलीले सहभागीहरूलाई कार्यक्रम अवधिभर आफ्नो स्थानमा बसेर अनुशासन कायम गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *