ढोरपाटन (बागलुङ), २७ जेठ । बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्नका लागि पछिल्लो पाँच वर्षमा सो रकम लगानी गरेर पूर्वाधार निर्माण गरेको हो । समुद्री सतहदखि दुई हजार ६०० मिटरको उचाइमा रहेको सोलेडाँडा वर्षौं अगाडिदेखि…